
काठमाडौं । ‘कू’ गरेर सत्ता हातमा लिएको म्यानमारमा सेनाले नेतृ आङ सान सु चीविरुद्ध विभिन्न अभियोग लगाएको छ । शासनसत्ता हातमा लिएको तेस्रो दिन नेत्री सू चीविरुद्ध त्यहाँको प्रहरीले केही अभियोग दर्ता गरेको हो ।
प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाएअनुसार सू चीमाथि आयात तथा निर्यातसम्बन्धी कानूनको उल्लंघन गरेको तथा सञ्चारका अवैध उपकरणहरु राखेको अभियोग लगाइएको छ ।
त्यस्तै पदबाट हटाइएका राष्ट्रपति विन मिनविरुद्ध पनि अभियोग दर्ता गरिएको छ । उनीमाथि कोरोना भाइरसको महामारीमा भेलासम्बन्धी नियमहरुको उल्लंघन गरेको अभियोग लगाइएको छ । उनलाई पनि दुई साता हिरासतमा राखिने भएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्