
सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ ।
सर्लाहीको नयाँरोड–बरहथवा सडकखण्डमा गएराति दुर्घटना भएपछि उपचारको क्रममा उहाँको मृत्यु भएको हो । नेकपाको दाहाल समुहले हिजो साँझ आयोजना गरेको मसाल जुलुसको नेतृत्व गर्न वाग्ले बरहथवामा पुग्नुभएको थियो ।
त्यहींबाट फर्किदा दुर्घटना भएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्