१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अफगानिस्तानमा गृहयुद्धको खतरा


0
Shares

काठमाडौं । यूरोपियन यूनियन ईयूले अफ्गानिस्तानमा गृहयुद्धको खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

अफ्गानिस्तानको भ्रमणमा रहेका ईयूका वरिष्ठ कूटनीतिज्ञले त्यहाँ हिंसा बढिरहेकाले गृहयूद्धको खतरा रहेको बताएका हुन् ।

यता, अमेरिकी संसद्ले जो बाइडन प्रशासनलाई अफगानिस्तानबाट अमेरिकी सेना तत्काल फिर्ता नगर्न आग्रह गरेको छ ।

शान्ति प्रक्रियाबारे तालिबान गम्भिर नभएको हुन सक्ने भन्दै उनीहरूले सेना फिर्ता बोलाउने योजनालाई पछाडि सार्न आह्वान गरेका हुन् । उनीहरुले सैन्य कूको प्रयास गर्न सक्ने पनि बताएका छन् ।

यसअघि डोनाल्ड ट्रम्प प्रशासनले सम्झौतामा हस्ताक्षर गरे अनुसार आगामी महिनामा करीब २५ सय अमेरिकी सुरक्षा फौज फिर्ता बोलाउने तयारी भएको थियो । एजेन्सी