१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा साँझपख पानी पर्ने सम्भावना


0
Shares

काठमाडौं । आज देशको पश्चिम पहाडी भेगमा आंशिक बदलीको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावले गण्डकी, प्रदेश ५ र सुदूपश्चिम प्रदेशका पहाडी भेगमा मौसम बदली रहेता पनि बाँकी भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा पनि आज सामान्य बदलीको सम्भावना रहेको र साँझपख वर्षा पनि हुन सक्ने महाशाखाले बताएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने छ । आज बिहान सूर्योदय ६ बजेर ४९ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४७ मिनेटमा हुनेछ ।