
काठमाडौं । कारोबार हुने साताको पाँचौं दिन सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घट्दा चाँदीमा २० रुपैयाँ घटेको छ ।
बिहीबार छापावाल सुन तोलाको ९१ हजार १ सय, तेजाबी सुन ९० हजार ६ सय र चाँदी १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुन ९२ हजार तेजाबी सुन ९१ हजार ५ सय र चाँदी १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्