६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


नेपालमा क्यान्सर रोगकाे अवस्था : देशभर ६० हजार रोगी, हरेक वर्ष १३ हजारको मृत्यु


0
Shares

प्रज्ञा तिमल्सिना
काठमाडौं । ‘म हुँ, म गर्छु’ भन्ने नारा सहित नेपालमा पनि आज विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । क्यान्सरबारे जनचेतना फैलाउने उदेश्यसहित नेपालमा २० वर्षदेखि फेबु्रअरी ४ तारिखका दिन यो दिवस मनाउने गरिएको हो । नेपालमा प्रत्येक वर्ष क्यान्सरबाट १३ हजार बढी व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक छ ।

नसर्ने रोगहरू मध्ये क्यान्सरका कारण नेपालमा धेरैले ज्यान गुमाउने गरेका छन् । जीवनशैली, खानपान र वशांणुगत कारणले धेरै मानिसमा क्यान्सर देखिने गरेको चिकित्सकहरू बताउछन् । समयमा नै पहिचान हुन सक्ने हो भने पूर्ण रूपमा निको हुने क्यान्सर धुम्रपान, मद्यपान सेवन, पोलेको, तारेको खानेकुराका कारण पनि लाग्ने चिकित्सकको भनाइ छ ।

अबूर्द रोग निवारण संस्थाका अनुसार नेपालमा झण्डै ६० हजार क्यान्सर रोगी रहेका छन् । ५ वर्ष यता भने ४३ हजार व्यक्तिले पूर्ण रूपमा क्यान्सर रोग जितेका छन् । सन् २०२० मा २ हजार ५ सय १७ जना नयाँ क्यान्सर रोगी भेटिएका छन् । कोरोना संक्रमणका कारण भने यस वर्ष क्यान्सरका २५ प्रतिशत बिरामी कम भए ।

संक्रमणका कारण समयमा नै अस्पताल पुग्ने बिरामीको संख्या घटेका कारण क्यान्सरका कम बिरामी भेटिएको चिकित्सकहरूले बताएका छन् । क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र प्रसाद बरालका अनुसार क्यान्सर पहिचान हुन थालेका कारण पछिल्ला वर्षहरूमा विरामीको संख्या समेत बढेको बताउनुभयो ।

मानिसको शरीरको जीनमा विकृति आयो भने क्यान्सर रोग लाग्छ । ५ देखि १० प्रतिशत क्यान्सर रोग वंशाणुगत कारणले देखिने गर्छ । हाल नेपालमा फोक्सो, स्तन र महिलाहरूको पाठेघरको मुखको क्यान्सर बढी देखिने गरेको छ । तर, कुन क्यान्सर कसरी लाग्छ भन्ने थाहा पाउन वंशानुगत अध्ययन गर्नुपर्ने डा.बरालको भनाइ छ ।

सुरुवाती अवस्थामा नै पत्ता लगाउन सकियो भने क्यान्सर रोग पूर्ण रूपमा निको हुन्छ । क्यान्सर निको भएका विरामी स्वस्थ जीवनयापन गर्न सक्छन् । तर, चिकित्सकको सम्पर्कमा बस्नु पर्ने डा. बराल बताउनुहुन्छ ।

क्यान्सरको जोखिम कम गर्न स्वस्थकर खानेकुरा खाने, परिवारको सदस्यमा क्यान्सर देखिएको छ भने अन्य व्यक्तिले समय–समयमा परीक्षण गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।

भिडियो हेर्नुहोस्