
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गरिने चेतावनी दिनुभएको छ ।
शुक्रबार ओलीपक्षले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै उहाँले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडिया खानामा लगेर बन्द गरिने बताउनुभयो ।
दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केहिदिन अघि अब देशमा मांसाहारी आन्दोलन गर्नुपर्ने बताउनुभएको थियो ।
मांसाहारी आन्दोलनलाई संविधान र कानूनले अपराध मानेको बताउँदै उहाँले देश निर्वाचनमा होमिएको घोषणा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्