
काठमाडौं । चीनले नेपाललाई ५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
हिजो साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगको टेलिफोन कुराकानीमा चीनका विदेश मन्त्री वाङले ५ लाख डोज खोप दिने प्रतिवद्धता जनाउनुभएको हो ।
चिनियाँ विदेशमन्त्री वाङले चीनले कोरोनाविरुद्धको खोपका लागि नेपाललाई प्राथमिकता राख्ने वचन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि आइतबार नेपालस्थित चिनियाँ दूतावासले तीन लाख डोज खोप नेपाललाई अनुदानमा दिने जनाएको थियो ।
यद्यपी अहिलेसम्म चिनियाँ कम्पनी सिनोफार्मले निर्माण गरेको खोप नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइसकेको छैन ।
चिनियाँ खोप ७९ दशमलव ३४ प्रतिशत प्रभावकारी देखिएको छ । सिनोफर्मले उत्पादन गरेको खोप अढाई करोड डोज खोप प्रयोगमा आइसकेको छ ।
भारतले यसअघि नै नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्