१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिमपातका कारण जनजीवन कष्टकर


0
Shares

रसुवा । रसुवाका उत्तरी क्षेत्रका भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ ।

पश्चिमी वायुको प्रभावका कारण देश भरको मौसम बदली भए सँगै जिल्लाका उच्च भूभागमा हिमपात भएको हो ।

रसुवाको लाङटाङ, क्यान्जिङ, गोसाँईकुण्ड यार्सा, गत्लाङ र नागथली जस्ता उच्च क्षेत्रमा हिमपात भएको हो ।

लगाएको अन्न बाली सुक्ने र भोकमरीमा परिने चिन्तामा रहेका किसानहरु वर्षा र हिमपातबाट खुशी भएका हुन ।