२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बैतडीको झुलाघाट नाका सञ्चालन


0
Shares

बैतडी । बैतडीको झुलाघाट नाका फेरि सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण बन्द रहेको नाका १० महिनापछि सञ्चालनमा आएको हो ।

जिल्ला प्रशासन कार्यालय बैतडीले सूचना जारी गरि आजदेखि नाका सञ्चालनमा आएको जनाएको छ । सरकारले गत शुक्रवारदेखि नै बैतडीसहित भारतसंगका ३० नाका सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर भारतीय पक्षको ढिलाइका कारण १ हप्तापछि मात्र नाका सञ्चालनमा आएको हो । नाकामा आवतजावत गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नु पर्ने जिल्ला प्रसाशन कार्यालय बैतडीले जनाएको छ ।