
एजेन्सी । भारतको तेलाङ्गनामा एउटा अचम्मको घटना भएको छ, जसलाई पढेर तपाईंको हाँसो नरोकिन पनि सक्छ ।
२५ दिनदेखि तेलाङ्गनाको एक जेलमा थुनिएका दुई कुखुरा रिहाइको प्रतिक्षामा छन् । केही सट्टेबाजका कारण उनीहरूलाई समातेर त्यहाँ राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कुखुराका साथमा पक्राउ परेको सट्टेबाजहरू जमानतमा रिहा भइसकेका छन् । तर, दुई कुखुरा भने अहिलेसम्म जेलमै छन् । उनीहरूलाई प्रहरीले १० जनवरीमा पक्राउ गरेको थियो ।
संक्रान्ति पर्वको समयमा कुखुरा समात्ने खेल सँगै सट्टेबाजी खेलाइरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको थियो । सोही स्थानबाट प्रहरीले एउटा मोटरसाइकल र दुईवटा कखुरा पनि बरामद गरेको थियो ।
पक्राउ परेका मानिसहरू जमानतमा निस्किएपछि कुखुरालाई कसैले पनि दाबी गर्न नआएपछि जेलमै रहेका हुन् । कुखुरालाई प्रमाणका लागि थानामा बन्द गरिएको जनाउने प्रहरीले घटनाको अनुसन्धानपछि मात्र छोड्न मिल्ने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्