१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतविरुद्धको टेस्ट क्रिकेटमा जो रुटको कीर्तिमानी दोहोरो शतक


0
Shares

काठमाडौं । इंग्ल्यान्डका कप्तान जो रुटले भारतसँगको पहिलो टेस्ट क्रिकेटमा दोहोरो शतक प्रहार गर्दै क्रिकेट इतिहासमा नयाँ कीर्तिमान बनाएका छन् । रुटले पहिलो टेस्टको दोस्रो दिन भारतविरुद्ध दोहोरो शतक पूरा गर्दै टोलीलाई विशाल योगफलको बाटो देखाएका हुन् ।

भारतविरुद्ध चार टेस्ट सिरिजको पहिलो दिन नै रुटले नयाँ कीर्तिमान बनाए । उनले करियरको पाँचौं दोहोरो शतक बनाउन सफल भए । दोहोरो शतक बनाउने क्रममा उनले १९ चौका र दुई छक्का प्रहार गरे । रुटले लगातार तेस्रो पटक १ सय ५० भन्दा बढी रन बनाउने खेलाडीको कीर्तिमान पनि बनाएका छन् ।

रुटले यसअघि श्रीलंकाविरुद्धको टेस्टमा २ सय २८ र १ सय ८६ रनको पारी खेलेका थिए । लगातार १ सय ५० भन्दा बढी स्कोर गर्ने खेलाडीको रूपमा श्रीलंकाका पूर्व खेलाडी कुमार संगकारा रहेका छन् । उनले २००७ मा चार पटक १ सय ५० भन्दा धेरै रन बनाएका थिए । दोस्रो स्थानमा विली हेमन्डले तीन पटक यो रेकर्ड बनाएका थिए ।

यसैगरी महान ब्याट्सम्यान डन ब्राडम्यान र पाकिस्तानका पूर्व कप्तान जहीर अब्बास, मुदस्सर नजर र न्यूजिल्याण्डका टम लेथम रहेका छन् । यसैगरी रुटले १०० औं टेस्टमा १५० भन्दा धेरै रन बनाउने विश्वको दोस्रो खेलाडी बने । यसभन्दा अघि पाकिस्तानका इन्जमाम उल हकले सन् २००५ मा १ सय ८४ रन बनाएका थिए ।