७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अफगान सेनाको हवाइ कारबाहीमा १८ तालिवानको मृत्यु


0
Shares

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा सेनाले तालिवानलक्षित हवाइ आक्रमणमा परी १८ जना तालिवानको मृत्यु भएको छ ।

नान्गाहारी प्रान्तको पश्चिम भागमा रहेको शिजदी जिल्लाको पहाडी इलाकामा हवाइ आक्रमण भएको सरकारी निकायद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मारिने तालिवान लडाकूमा १० जना विशेष लडाकू रेजिमेन्टका सदस्य रहेको बताइएको छ । अन्य १० जना विशेष लडाकुका सदस्य घाइते भएको वित्रप्तीमा उल्लेख गरिएको छ ।

आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबान आतंककारीविरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई तीव्र पारेको छ ।