
एजेन्सी । वुहानको सामुद्रिक खाना राखिएको बजारबाट कोभिड–१९ को सङ्क्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरूले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यस्तो देखिएको हो ।
कोभिड अन्यत्र उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरूको बजारबाट बिस्तार भएको अुनमान गरिएको विश्व स्वास्थ्य संगठनका अधिकारीहरूलाई उदृत गर्दै समाचार संस्था सिन्हले जनाएको छ ।
हालै डब्लूएचओका टोलीले वुहानमा पुगेर कोरोना उत्पतिका बारेमा अनुसन्धान गरेको थियो । अनुसन्धानबाट कोभिड वुहानको सामुद्रिक खानाहरूको बजारबाट विस्तार भएको पाइएको जनाइएको छ । तर पनि यो सङ्क्रमण भने अन्यत्र कतै देखिएको ती विज्ञहरुले बताएका छन् ।
उनीहरूले कोभिड–१९को भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनको टोलीले वुहान शहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा रहेको ल्याबको पनि अनुसन्धान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्