१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी, ११ जनाको मृत्यु, एक सय भन्दा बढी व्यक्ति बेपत्ता, खोजी कार्य जारी


0
Shares

काठमाडौं । भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तराखण्डको जोशीमठमा अलकनन्दा हिमनदी फुटेर धौलीगङ्गा नदीमा मिसिँदा बाढी आएको हो । अलकनन्दामा पनि पानीको सतह बढेको छ ।

हिमताल फुटेर आएको बाढीमा परि मृत्यु भएका ११ जनाको शव निकालिएका स्थानीय अधिकारीले बताएका छन् ।

अझै पनि पनि १ सय ५० जना बेपत्ता रहेको र खोजी भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

हिमताल विस्फोटपछि आएको बाढीले ऋषिगङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको बताइएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार आयोजनामा काम गरिरहेका एक सय बढी मजदुर अझै हराइरहेका छन् भने सुरुङमा फसेका १६ जनाको जिवितै उद्धार गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।