१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्राधिकरणद्वारा ११ वटा वायुसेवा कम्पनीलाई बक्यौता रकम बुझाउन ३० दिने म्याद


0
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ११ वटा वायुसेवा कम्पनीहरुलाई बक्यौता रकम बुझाउन ३० दिने म्याद दिएको छ ।

प्राधिकरणले नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेजलाई शुल्क बुझाउन ३० दिने म्याद दिएको हो ।

यी एयरलाइन्सहरु हाल सन्चालनमा छैनन् । प्राधिकरणले जारी गरेको सार्वजनिक सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा उक्त रकम र नियमानुसार लाग्ने विलम्ब शुल्कसमेत बुझाउन आग्रह गरेको छ ।

३० दिनभित्र पनि रकम बुझाउन नआएमा सञ्चालक, एकाघरका परिवार र जमानी बस्नेहरुको जायजेथाबाट सरकारी बाँकी सरह असुल उपर गर्ने चेतावनी प्राधिकरणले दिएको छ ।