१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ह्याउँ ख्वाः मिसा म्युजिक भिडियो सार्वजनिक


0
Shares

काठमाडौं । ईमेज च्यानल टेलिभिजनको समयबजि कार्यक्रमका कलाकार रेवन्त लाल श्रेष्ठको नेपाल भाषाको ‘ह्याउँ ख्वाः मिसा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

काठमाडौंमा आयोजित प्रिमियर कार्यक्रममा वरिष्ठ गीतकार जुजुकाजी रन्जितले म्युजिक भिडियो सार्वजनिक गर्नु भएको हो ।

कार्यक्रममा सहभागी हुनु भएका रन्जितले गीतको भाव र सन्देश महत्वपूर्ण हुने बताउनुभयो । नेपाल भाषा संगीत क्षेत्रमा उदाएका कलाकार रेवन्तलाल श्रेष्ठलाई शुभकामना दिँदै प्रोत्साहन समेत दिनुभयो ।

गीत र संगीत क्षेत्रलाई पूर्ण व्यावसायिक गर्नुपर्ने धारणा राख्दै वरिष्ठ गीतकार रन्जितले गायक श्रेष्ठको उज्वल भविष्यको कामना गर्नुभयो ।

नेपाली समाजमा उमेर हदको बेमेलको बाबजुद बिवाह गर्ने परम्परा रहेको छ । पुरुष बढी उमेरको भएपनि महिला कम उमेर हुँदा वैवाहिक जीवन सन्तोषजनक नहुने गीतले सन्देश दिएको म्युजिक भिडियोका निर्देशक सुरेन्द्र मानन्धरले बताउनुभयो ।

विष्णु जल्मीको रचना र संगीत रहेको गीतलाई आयुष महर्जनले छायांकन गर्नुभएको छ । ईन्द्र मानन्धरले भिडियो सम्पादन गर्नुभएको हो ।

भिडियोमा गायक रेवन्त लाल श्रेष्ठ, रबिता श्रेष्ठ, सना शाक्य, सुरेश मानन्धर, दिव्यरत्न बज्राचार्य, लक्ष्मीनाथ मोदगलियानाप सुरेन्द्र मानन्धरले अभिनय गरेका छन् ।