१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धरहराको २१औं तलाको ढलान सकियो, शीर्षमा गजुर राखिने


0
Shares

काठमाडौं । २०७२ बैशाखमा आएको भूकम्पका कारण भत्किएको धरहराको २१ औं तलाको ढलान सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणको नेतृत्वमा जिआइइटिसी–रमन जेभीलेले पु्नर्निर्माणको जिम्मा पाएको धरहराको २१औं तलाको ढलान सकिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।

अबको केही दिनमा २२औं एवं अन्तिम तलाको ढलान गर्दै धरहराको शीर्ष स्थानमा गजु्रको राखिने उहाँको भनाइ छ । ‘अब एक तलाको ढलान बाँकी छ,’ ज्ञवालीले ट्वीटरमा लेख्नुभएको छ, ‘धरहराको शीर्षमा गजुर रहनेछ ।’

कम्पनीले धरहराको ठेक्का तीन अर्ब आठ करोड रूपैयाँमा पाएको हो । ठेक्का सम्झौता अनुसार ठेकेदार कम्पनीले सन् २०२० अक्टोबरभित्रै धरहरा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

तर, चैत ११ गतेदेखि कोभिड–१९ नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण देखाउँदै ठेकेदार कम्पनीले तोकिएको समयभित्रै पुनर्निर्माणको काम सकेन । प्राधिकरणले ३० जुन २०२१ सम्म धरहरा पुनर्निर्माणको म्याद थप गरेको छ ।