१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनको मूल्य घट्दा चाँदीको बढ्यो


0
Shares

काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै सोमबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर ९० हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार ६ सय रुपैयाँले उकालो लागेर ९० हजार ६ सयमा कारोबार भएको सुन सोमबार भने घटेको हो । यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर १३ सय १५ मा कारोबार भइरहकोे महासंघले जनाएको छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंन्स १८ सय १२ डलर हाराहारीमा कारोबार भैरहको छ ।