
तस्वीर– एन्फा
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफको अपराजित यात्रा कायमै रहेको छ ।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको सातौं खेलमा सशस्त्रले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० को फराकिलो अन्तरले पराजित ग¥यो । साबित्रा भण्डारी ‘साम्बा’ ले डबल ह्याट्रिकसहित ८ गोल गरिन् ।
अनिता बस्नेत र अनिता केसीले समान २–२ तथा कप्तान अनु लामा र रबिना गोलेले १–१ गोल गरे । खेलसँगै शत्प्रतिशत नतिजा हासिल गरेको सशस्त्रको ७ खेलबाट २१ अंक भएको छ । सबै खेल हारेको चौदण्डी अंकविहीन हुँदै पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस्