१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्रीमानसँग झगडापछि घरबाट निस्किएकी देवकी मृत भेटिइन्, छोराछोरी अझै बेपत्ता


0
Shares

सिन्धुली । गोलन्जोर गाउँपालिका–१ डुडभन्ञ्याङकी देवकी नेपाली घरबाट निस्केको चार दिनपछि मृत अवस्थामा फेला परेकी छन् ।

दुई सन्तानसहित घरबाट निस्केकी उनको शव सुनकोशी नदीको किनारमा भेटिएको हो । देवकीको शव भेटिए पनि १३ वर्षीया छोरी सुस्मिता र ८ वर्षीय छोरा सुजन भने अझै बेपत्ता रहेको भएको प्रहरीले जनाएको छ ।

देवकीको शवसँगै छोराछोरीको चप्पल भेटिएपछि तीनै जना नदीमा हामफालेको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।

श्रीमानसँगको घर झगडापछि देवकी गत शुक्रबार साँझ दुई सन्तानलाई लिएर घरबाट निस्किएकी थिइन् । देवकीको शव सिन्धुली अस्पतालमा राखिएको छ भने छोराछोरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।