१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्यान्मारमा चुनाव गराएर सत्ता सुम्पिने सेना प्रमुखको वाचा


0
Shares

काठमाडौं । म्यान्मारमा सैन्य ‘कू’ को विरोधमा भैरहेको चर्को विरोधका बेला सैन्य जनरलको पहिलो सम्बोधन भएको छ ।

सैन्य प्रमुख जेन मुन अङ ल्लेइङले पहिलो पटक टेलिभिजनबाट नागरिकलाई सम्बोधन गर्दै पछिल्लो कदमको आवश्यकताको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् ।

उनको सम्बोधन आन्दोलनकारीलाई तर्साउने भन्दा औचित्य पुष्टिमा बढी केन्द्रीत भएको जनाइएको छ ।

पछिल्लो चुनाव स्वच्छ हुन नसकेको र निर्वाचन आयोगले पनि छानबिनमा असफल भएको आरोप लगाउनुभएको छ ।

उहाँले छिटै नै निर्वाचन गरेर विजेतालाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । यता, सैन्य ‘कू’ को विरोधमा निरन्तर प्रदर्शन जारी छ । एजेन्सी