
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर अझै केहि दिन चिसो रहीरहने जानकारी दिएको छ ।
त्यस्तै तराईका भू–भागमा हुस्सु तथा कुहिरोको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।
बाँकी स्थानको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको जानकारी दिँदै महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्