
काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन सुनको मूल्य १५ सयले उकालो लागेको छ ।
अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै सुन एकैदिन तोलामा १५ सयले बढेर ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन तोलामा ९० हजार ४ सयमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । सोमबार १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मंगलबार २५ रुपैयाँले बढेर १३ सय ४० रुपैयाँ प्रतितोला पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्