
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्ला झापाका पत्रकारहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको भन्दै बिर्तामोडमा प्रर्दशन गरेका छन् ।
बिर्तामोडस्थित मुक्ति चोकमा भेला भएका झापाका पत्रकारहरूले प्रधानमन्त्री ओलीको संविधान विरोधी कामले प्रतिगमन निम्तिएको भन्दै सच्याउनु पर्ने बताए ।
नेपाल प्रेस युनियन झापा र प्रेस संगठन नेपालले संयुक्त आयोजना गरेको प्रदर्शनमा आदिवासी जनजाति पत्रकार महासंघ, नारी सञ्चार गृह, आदिवासी पत्रकार संघसहित विभिन्न पत्रकारआवद्ध संघ÷संगठनले ऐक्यवद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्