
बैतडी । छोरीलाई गोली हानी हत्या गरी फरार रहेका बुवालाई प्रहरीले पक्राउ गरेको छ ।
पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ बर्षीय धनबहादर महरा दोगडाकेदार गाउँपालिका–८ माल्लेकबाट पक्राउ गरिएको हो ।
माइतीमा बस्दै आएकी २० बर्षीया छोरी बेलमतीलाई धनबहादुर महराले माघ २४ गते गोली हानी हत्या गरेका थिए । सोही राती उनले आफ्नो अर्को घरमा आगजनी पनि गरेका थिए ।
दुईवटी श्रीमती रहेका महराको कान्छी श्रीमतीसँग विवाद हुँदा छोरीले मिलाउन खोज्दा उनले छोरीमाथि नै गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
मृतक बेलमतीको शव परीक्षण पछि घरपक्षलाई बुझाइएको छ ।
यो पनि पढ्नुहोस्– बिवाहित छोरीको गोली हानी हत्या, बुवा फरार
प्रतिक्रिया दिनुहोस्