
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस ल्याबबाट लिक नभएको दाबी गरेको छ ।
भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न चीनको वुहान पुगेको संगठनको विज्ञ टोलीले ल्याबबाट भाइरस लिक भएको भन्ने कुरा गलत साबित भएको जनाएको हो ।
टोलीले पत्रकार सम्मेलन गरी ल्याबबाट भाइरस लिक असम्भव नै देखिएको स्पष्ट पारेको हो । टोलीका प्रमुख डा. पिटर बेन एमबारेकले ल्याबबाट भाइरस लिक अत्यन्तै असम्भव पुष्टि भएको भन्दै यो विषयमा थप अध्ययनको जरूरी नै नरहेको समेत बताउनुभयो ।
कोरोना भाइरसको उत्पत्तिको स्रोत यकिन गर्नका लागि भने अझै धेरै अध्ययन आवश्यक रहेको पनि एमबारेकले उल्लेख गर्नुभयो ।
अहिलेसम्मको अध्ययन अनुसन्धान अनुसार यो भाइरस जनावरबाटै मानिसमा सरेको र संक्रमण प्रसार भने फ्रोजन खानाहरूको ओसारपसारबाट भएको हुनसक्ने अनुमान गरिएको टोलीको भनाइ छ ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्