१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौंका यी ठाउँमा यात्रा नगर्नुस


0
Shares

काठमाडौं । दाहाल-नेपाल समूहको शक्ति प्रदर्शनले काठमाडौंको सवारी आवागमनमा समस्या देखिएको छ । गन्तव्यमा निस्किएका सवारी साधनहरु बीचबाटोबाटै फर्काइएको छ ।

उपत्यका स्थित पुतलीसडक, प्रदर्शसनीमार्ग र सिंहदरबार र यस आसपासका क्षेत्रमा सवारी साधनको आवागमन प्रभावित भएको छ ।

यी स्थानतर्फ आउने जाने सवारी साधनलाई बानेश्वर, डिल्लीबजार पद्मोदयमोड, माइतीघर कालीकास्थान, ल्होत्सेचोक, कृष्णपाउरोटी, महेन्द्रशालिक र सोह्रखुट्टेबाट डाइभर्सन गरिएको छ ।

यस्तै विभिन्न स्थानबाट पुल्चोकतर्फ आउने सवारी साधनलाई जावलाखेलबाट डाइभर्सन गरिएको छ । रिङरोडबाट भित्रि क्षेत्रमा आउने ठुला सवारी साधन पनि रिङरोडबाटै डाइभर्सन गरिएको छ ।

विशेष कारणबश सवारी साधनलाई डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

डाइभर्सनका कारण कोटेश्वर बानेश्वर, सोह्रखुटटे लगायतका क्षेत्रमा सवारी साधनको चाप रहेको छ ।