१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एपीएफको अपराजित यात्रा कायमै, चन्द्रपुर ८–० ले पराजित


0
Shares

काठमाडौं । सशस्त्र प्रहरीको एपीएफले राष्ट्रिय महिला लिग फुटबलमा शतप्रतिशत नतिजालाई कायम राखेको छ । बुधबार भएको आठौं खेलमा चन्द्रपुर नगरपालिकालाई ८–० ले पराजित गर्दै सशस्त्रले अपराजित यात्रा कायमै राखेको हो ।

सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिकसहित ६ गोल गरिन् । यस्तै कप्तान अनिता बस्नेतले २ गोल गरिन् । अहिलेसम्म एक गोल पनि नखाएको सशस्त्रले ८ खेलमा २४ अंक जोडेको छ ।

८ खेलबाट १९ अंक जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ । नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाको ८ खेलबाट समान ११ अंक छ । १० अंकको विराटनगर महानगरपालिका पाँचौें, ६ अंकको चन्द्रपुर नगरपालिका छैटौं तथा अंकविहीन चौदण्डीगढी नगरपालिका पुछारमा छ ।

लिग अन्तर्गत बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा चौदण्डीगढीले वालिङसँग तथा दोस्रो खेलमा आर्मीले विराटनगरसँग खेल्नेछ ।