६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


एनएनआईपीए स्पोर्टस अवार्डलाई प्लाजा होटलको साथ


0
Shares

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस अवार्डलाई प्लाजा होटल समूहले प्रायोजन गरेको छ ।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र प्लाजा होटल समूहका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले दुई वर्षे सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौतासँगै प्लाजा होटल अवार्डको हस्पिटालिटी पार्टनरको रूपमा रहने छ ।

स्पोर्टस अवार्ड फागुन ८ गते मध्यपुर ठिमीमा हुनेछ । संघले यसपटक अवार्डमा राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थपेको छ । सर्वोकृष्ट महिला र पुरुष खेलाडीले एक एक लाख रुपैयाँ पुरस्कार पाउने छन् ।