
तस्वीरः फाइल
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले प्रश्न गर्नेहरूलाई झ्यालखानामा राखेर तर्साउन खोजेको भन्दै आपत्ति जनाउनुभएको छ ।
बिहीबार दाहाल–नेपाल समूहकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरूद्धको कसूर आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेपछि नेता थापाले ट्वीट गर्नुभएको हो ।
‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति,’ उहाँले लेख्नुभएको छ ।
यस्तै, नेता थापाले सरकारलाई झ्यालखानाको संख्या पनि थप्न पनि भन्नुभएको छ । ‘सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।’
प्रतिक्रिया दिनुहोस्