
तस्विर फाइल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी(दाहाल–नेपाल पक्ष)की नेतृ रामकुमारी झाँक्री विना शर्त रिहा गर्न माग गर्नुभएको छ ।
झाँक्री पक्राउ परेपछि ट्वीट गर्दै वरिष्ठ नेता पौडेलले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर अधिनायकवादी चरित्र उदाङ्गो पारेको टिप्पणी गर्नुभयो ।
उहाँले सरकारले संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप गरेको बताउनुभयो ।
झाँक्रीलाई राज्यविरुद्धको मुद्दा लगाएर बिहीबार दिउँसो पक्राउ गरिएको छ । उनको वैवाहिक वर्षगाँठकै दिन पारेर प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्