१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाहाल–नेपाल समूहद्वारा भाँक्री रिहाइको माग, आलोचनालाई राज्यविरुद्धको कसूर देख्नु दृष्टिभ्रम भएको टिप्पणी


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(दाहाल–नेपाल)ले नेतृ रामकुमारी झाँक्री पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै पक्राउको निन्दा गर्दै निःशर्त अविलम्ब रिहा गर्न माग गरिएको छ । राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता भएको विज्ञप्तिमा उल्लेख छ ।

‘विज्ञप्तिमा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले सरकारको घोर अलोकतान्त्रिक, निरङ्कुश र सर्वसत्तावादी चरित्रलाई उदाङ्गो पारेको छ’, विज्ञप्तिमा भनिएको छ ।