१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तेस्रो चरणको खोप अभियान फागुन २ गतेबाट, यस्ता व्यक्तिले खोप लगाउन पाउने


0
Shares

काठमाडौं । सरकारले तेस्रो चरणको खोप अभियान फागुन २ गतेदेखि सुरु गर्न लागेको छ । खोप अभियान २ गतेबाट सुरु भइ ८ गतेसम्म रहेको स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयले जनाएको छ ।

तेस्रो खोप अभियानमा सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुट भएका स्वास्थ्यकर्मीलाई खोप लगाइने मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

खोप लगाउन जाँदा परिचयपत्र अनिवार्य बोक्न मन्त्रालयले आग्रह गरेको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनर्सलाई खोप लगाएको सरकारले दोस्रो चरणमा पत्रकार र कुटनीतिक निकायका कर्मचारीहरूलाई खोप लगाउन अभियान सञ्चालन गरेको थियो ।