
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षमध्येका एक कमल थापाले नेकपा(दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
बिहीबार दिउँसो ट्वीट गर्दै उहाँले अभिव्यक्ति स्वतन्त्रतालाई कुष्ठित नगर्न आग्रह गर्दै झाँक्रीलाई रिहा गर्न माग गर्नुभएको हो ।
नेतृ झाँक्रीलाई पक्राउपछि विभिन्न राजनीतिक दलका नेताहरूले उनको रिहाइको माग गरेका छन् ।
राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार नेतृ झाँक्रीलाई अपराध महाशाखाको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो । उनको आज वैवाहि वर्षगाँठ पनि हो ।
प्रतिक्रिया दिनुहोस्