
मिरा बस्नेत
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा सभामुख अग्नीप्रसाद सापकोटाको तर्फबाट पनि बहस सकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बहस सकिएपछि सभामुखको तर्फबाट तीन जना अधिवक्ताले गर्नुभएको बहस आजै सकिएको हो ।
सरकारी पक्षकाे बहस सकिएसँगै आइतबारदेखि रिट निवेदकहरूले सरकारी पक्षबाट उठेका प्रश्नको जवाफ दिनेछन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले बढीमा ५ जना अधिवक्ताले मात्र रिट निवेदकका तर्फबाट उठेका प्रश्नकाे जवाफ दिन आग्रह गर्नुभएको छ । तर, निवेदकहरूले भने धेरै अधिवक्ताले जवाफ दिनु पाउनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभा विघटन विरुद्धको बहस प्रधान्यायाधीश जबरासहित न्यायाधीशहरू विश्म्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजालासमा चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्