
काठमाडौं । नेपाली कांग्रेसले नेकपा (दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीलाई अबिलम्व रिहा गर्न माग गरेको छ ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तनका साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई आग्रह गरेको छ ।
नेकपाका दुवै पक्षलाई अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न पनि कांग्रेसले आग्रह गरेको छ । कांग्रेसले नेकपाका दुवै पक्षबीच भएका अहंकारयुक्त, अमर्यादित र अशोभनीय अभिव्यक्तिहरुलाई कांग्रेसले आलोच्य भएको जनाएको छ ।
यस्तै उसले दुवै पक्षलाई संयम अभिव्यक्ति दिन पनि आग्रह गरेको छ ।
झाँक्रीलाई रान्ज्यविरुद्धको कसुरको दफा ५८ अनुसार प्रहरी अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्