१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना खोपको प्राथमिकतामा परेन सुरक्षा निकाय


0
Shares

काठमाडौं । सरकारले सुरक्षा निकायलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउन कुनै पनि चासो नदेखाएको भन्दै सरकारको आलोचना सुरु भएको छ ।

सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल, जनतासँग प्रत्यक्ष सरोकार राख्ने नेपाल प्रहरी र राज्यको सम्रग सुरक्षामा खटिने नेपाली सेनालाई सरकारले खोप लगाउन प्राथमिकतामा नराखेको भन्दै सरकारको आलोचना सुरु भएको हो ।

कोरोना विरुद्धको खोप अभियानको पहिलो चरणमा स्वास्थ्य सेवामा खटिएकाहरुलाई खोप लगाएको थियो भने दोस्रो चरणमा पत्रकार र नेपालस्थित विदेशी नियोगका कर्मचारीलाई खोप लगाउन शुरु गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाले आफ्नो अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई खोप उपलब्धी गराइदिन पहल गरेपनि सरकारले प्राथमिकतामा राखेको छैन ।

सरकारले फागुन १ गतेदेखि शुरु गर्ने कोरोनाविरुद्धको खोपमा नेपाल प्रहरी र नेपाली सेनालाई समेत समेटिएको छैन । सरकारले स्थानीय जनप्रतिनिधिसहित सशस्त्र प्रहरी बलको राजधानी उपत्यकामा कार्यरत र सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका १२ हजार जनालाई भने खोप उपलब्ध गराउने भएको छ ।

अग्रपंक्तिमा खटिएका सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुले फागुन १ गतेबाट बीओपी र राजधानी उपत्यकामा कार्यरतहरुले खोप लगाउने भएका छन् ।

संघीय सरकारले नेपाल प्रहरी र नेपाली सेनालाई खोप उपलब्ध नगराए पनि स्थानीय निकायसँग समन्वय गरेर नेपाल प्रहरीका अग्रमोर्चामा खटिएका ३ हजार २ सय भन्दा बढी अधिकृत तथा जवानले खोप लगाएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्ष वसन्त कुँवरले जानकारी दिनुभयो । भारतबाट १० लाख डोज खोप अनुदानमा आएको थियो ।