
अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राज्यको ढुकुटी रित्तिने गरी नेकपाका नेताहरूले शक्ति प्रर्दशन गरेको आरोप लगाउनुभएको छ ।
अध्यक्ष केसीले सत्तामा बस्नेहरूले देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र अस्मिताभन्दा सत्ता र स्वार्थमा लागेको आरोप लगाउनुभयो ।
भारतले हडपेको लिम्पियाधुरा र कालापानी लगायतको भू–भाग समेटेर नक्सा सार्वजनिक गरेपछि उनीहरूकै इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको समेत आरोप लगाउनुभयो ।
प्रगतिशील पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले मुलुकमा अस्थिर राजनीतिका कारण राजावादीहरूसमेत सलबलाएको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्