८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सेयर बजारको नीति परिवर्नतन गर्दै राष्ट्र बैंक


0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिको आगामी हप्ता अर्धवार्षिक समीक्षा गर्ने भएको छ ।

केन्द्रीय बैंकले हरेक वर्ष ल्याउने मौद्रिक नीतिको आवश्यकता अनुसार त्रैमासिक रुपमा समीक्षा गर्दै आएको छ । कोरोना महामारीकैबीच आएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन पहिलो साता गर्ने तयारी भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

पहिलो त्रैमासमा गरिएको समीक्षामा राष्ट्र बैंकले कुनै नयाँ नीतिहरू ल्याएको छैन । त्रैमासिक समीक्षामा पुरानै नीतिहरूलाई निरन्तरता दिए पनि अर्धवार्षिक समीक्षामा केही नयाँ आउने सम्भावना रहेको बताइएको छ ।

सेयर बजारका लागि असर गर्न सक्ने केही नीतिहरू भने परिर्वतन गर्ने तयारी भएको राष्ट्र बैंकका अधिकारीहरूले दाबी गरेका छन् । सेयर बजारका विषयमा परिवर्तन गर्नुपर्ने नीतिका बारेमा राष्ट्र बैंक छलफल थालेको जनाएको छ ।