१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


बृहत् नागरिक आन्दोलनमा जे देखियो (तस्वीरहरू)


0
Shares

काठमाडौं । मुलुकका विभिन्न ठाउँमा भएका बलात्कार तथा महिला हिंसाको विरोधमा शुक्रबार काठमाडौंमा महिला मार्च भएको छ ।

बसन्तपुरबाट सुरु भएको आन्दोलन रत्नपार्क हुँदै सिंहदरबारसम्म पुगेको थियाे । विरोध र्‍यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै आक्रोश पोखेका उनीहरूले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।

विरोध प्रदर्शनका क्रममा हरेक दिन प्रतिगमन भएको भन्दै हिंसा र प्रतिगमन रोक्न माग गरेका छन् । मार्चमा एक जना युवतीको शव बनाई कलाकारहरुले शब यात्रा नै गरेका छन् । जसमा एकोहोरो शंख बजाउँदै प्रतिगमनको विरोध गरिएको थियो ।

आन्दोलनकारीले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, अंगिरा पासी, बैतडीकी भागरथी भट्ट लगायतलाई न्यायको माग गरेका छन् । उनीहरूले दिनहुँ महिला एवं बालिकाहरू असुरक्षित रहँदा पनि सरकारले उनीहरूलाई न्याय दिन नसकेको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।

महिला मार्चमा जनता समाजवादी पार्टीकी नेतृ एवं पुर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी, पत्रकार नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायत नागरिक समाज, युवायुवती, राजनीतिक दलका नेतृहरु लगायतको सहभागीता थियो ।

तस्वीर स्लाइड गरी हेर्नुहोस् ।

तस्वीर– पूनम डिसी