
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र रोक्न खोज्नेविरुद्ध हजारौ शहीदका कंकालहरु चिहानबाट निस्केर धावा बोल्ने चेतावनी दिनु भएको छ ।
जनयुद्ध दिवसको अवसरमा आज पेरिसडाँडामा आयोजित शहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान र संघीय लोकतन्त्रलाई धरापमा पार्ने प्रयास गरिए चिहानबाट शहिदका कंकाल उठेर सरकारविरुद्ध लाग्ने चेतावनी दिनुभयो । अध्यक्ष प्रचण्डले शहिदको बलिदानीलाई कुल्चने दुश्साहस नगर्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी समेत दिनुभयो ।
प्रचण्डले सबै जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सबै सहिद र सहिदका परिवारको सम्मानको प्रतिकका रुपमा सहिदकी आमालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्