
काठमाडौं । नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा कार्यकर्ता भर्ती गरेर आयोगलाई पंगु बनाउने काम गरेको आरोप लगाएका छन् ।
शनिबार माइतीघर मण्डलामा आयोजित अहिंसात्मक नागरिक प्रदर्शनमा उनीहरुले प्रधानमन्त्रीले देशलाई अध्यारो सुरुङ्गतिर लगेको आरोप लगाए । वरिष्ठ अधिवक्ता बाबुराम गिरीले प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेर मुलुकमा सर्वसत्तावाद लादेको भन्दै आक्रोश पोख्नुभयो ।
संवैधानिक निकायको कब्जा बन्द गर, संवैधानिक प्रणालीको सुरक्षा गर–राजद्रोहीलाई कारबाही गर, लगायत नारा लेखिएका पर्चा सहित उपस्थित नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्