१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उदयपुरमा श्रीमानको हत्या श्रीमतीलाई बरण्डाबाट फालियो !


0
Shares

उदयपुर । त्रियुगा नगरपालिका–११ शिवालय टोलका ६६ वर्षीय वीरेन्द्रकुमार राई आफ्नै घरमा मृत फेला परेका छन् ।

शरीरभरी निलडाम रहेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी प्रमुख भिमबहादुर दाहालले जानकारी दिनुभयो । राईकी श्रीमती रिताको मुखमा विष दलिएको अवस्थामा घरबाहिर भेटिएकी थिइन् ।

श्रीमानको हत्यापछि श्रीमतीलाइ विष खुवाइ बरण्डाबाट फालिएको हुन सक्ने प्रहरीको अनुमान छ । श्रीमतीलाई जिल्ला अस्पताल उदयपुरबाट थप उपचारका लागि विराटनगर पठाइएको छ ।