१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको यातायात मन्त्रीको दाबी


0
Shares

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले खेलकुद क्षेत्रलाई सरकारले प्राथामिकतामा राखेको बताउनुभएको छ ।

पाँचथरको फिदिममा शनिबार फिदिम माध्यमिक विद्यालयको रंगशालाको शिलान्यास गर्दै मन्त्री नेम्वाङले खेलकुद क्षेत्रको विकासविना मुलुक समृद्ध बन्न नसक्ने बताउनुभयो ।

१० करोड ६३ लाख ५७ हजार रुपैयाँमा रंगशाला निर्माण गर्न लागिएको हो । २०७८ असार मसान्तसम्ममा रंगशाला निर्माणको काम सकिने नयाँ शहर आयोजनाका कार्यालय प्रमुख विश्वराम प्रजापतिले जानकारी दिनुभयो ।