१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लोकतन्त्र रक्षाका लागि एकीकृत आन्दोलन जरुरी– नेता महतो


0
Shares

नवलपरासी । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रको रक्षाका लागि एकीकृत आन्दोलका जरुरी रहेको बताउनुभएको छ ।

पार्टी जिल्ला समिति पश्चिम नवलपरासीले शनिबार परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महतोले प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेर देशलाई प्रतिगमनतर्फ लगेको बताउनुभयो ।

नेता महतोले अब लोकतन्त्र रक्षाका लागि छुट्टा छुट्टै नभइ एकीकृत आन्दोलन गर्नुको विकल्प नभएको बताउनुभयो । लोकतान्त्रिक मूल्य र मान्यता तथा संविधानको रक्षाका लागि आफ्नो पार्टीले थालेको आन्दोलन अझै चर्काउने उहाँको चेतावनी छ । प्रतिनिधिसभा विघटनपछि जनताले तेस्रो शक्तिलाई चाहेको उहाँको दावी छ ।

पार्टीका गण्डकी प्रदेश अध्यक्ष मोति रिजालले पार्टीभित्रको आन्तरिक कलहले प्रधानमन्त्री ओलीले संविधानलाई कुल्चने काम गरेकाले लोकतन्त्र पक्षधर सबैको आन्दोलनले मात्र प्रतिगमनलाई परास्त गर्ने बताउनुभयो ।