१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद विघटनविरुद्धको मुद्धामा रिट निवेदकले जवाफी बहस गर्दै, ५ जनाले मात्र जवाफ दिन पाउने


0
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको निवेदनमा आइतबार (आज) बाट रिट निवेदकले जवाफी बहस गर्दैछन् ।

प्रधानमन्त्री के पी शर्मा ओलीका तर्फबाट कानुन व्यवसायीले बिहिबार बहस सकाएका थिए । उहाँका तर्फबाट कानुन व्यवसायीहरुले उठाएका प्रश्नको जवाफ दिने गरि रिट निवेदकहरुले आजबाट बहस गर्नेछन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले बढीमा ५ जना अधिवक्ताले मात्र रिट निवेदकका तर्फबाट उठेका प्रश्नको जवाफ दिन आग्रह गर्नुभएको छ । तर, निवेदकहरूले भने धेरै अधिवक्ताले जवाफ दिन पाउनुपर्ने माग गरेका छन् ।

रिट निवेदकहरुले संविधान विपरित प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् भने प्रधानमन्त्रीका तर्फबाट बहस गर्न कानुन व्यवसायीले भने संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशिष्ठ अधिकार हुने जिकिर गरेका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा रिट निवेदकको तर्फबाट ७२, सरकारको तर्फबाट ४९ र सभामुखको तर्फबाट ३ जना गरि १ सय २४ जनाले बहस गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुष ५ गते प्रतिनिधि सभा विघटन गरि वैशाख १७ र १७ गते मध्यावधी निर्वाचन गर्ने घोषणा गर्नुभएको थियो ।