१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


न्यूजिल्याण्डमा पुनः लकडाउन


0
Shares

काठमाडौं । न्यूजिल्याण्डमा पुन कोरोना संक्रमण देखिएपछि मुख्य शहर अक्ल्याण्डमा ३ दिनका लागि पुन लकडाउन गरीएको छ ।

न्युजिल्याण्डका प्रधानमन्त्री जेसिंडा अर्डनले कोरोना भाइरसको संक्रमण पुन बढ्न थालेपछि आकस्मिक बैठक आह्वान गरी लकडाउन गर्ने घोषणा गर्नुभएको हो ।

हाललाई लागु गरिएको लकडाउन पहिलेको भन्दा कडा हुने जनाइएको छ । पछिल्लो समय चार जनामा नयाँ भेरिएन्टको भाइरस देखिएको र एकैदिन कोरोना भाइरसको संक्रमितको संख्या ५० नाघेपछि पुन लकडाउन गर्नु परेको प्रधानमन्त्री अर्डनको भनाइ छ ।

न्यूजिल्याण्डमा गत वर्षको फेब्रुअरीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखापरेपछि लकडाउन गरी कोरोना नियन्त्रणमा लिइएको थियो । एजेन्सी