
काठमाडौ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो ७ महिनामा २३ वटा गैंडाको मृत्यु भएको छ ।
४ वटा चोरी सिकारी र ५ वटा बाढीले बगाएर मृत्यु भएको छ । यस्तै केही गैंडा एक आपसमा जुधेर, बूढो भएर तथा हिलोमा फसेर मृत्यु भएको निकुञ्जले जनाएको छ ।
गैंडाहरू चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै मरेको पाइएको छ । गैंडा मर्ने क्रम बढ्दै गए पनि मृत्युको कारणबारे भने विस्तृत अनुसन्धान हुन नसकेको अधिकारीहरूले बताएका छन् ।
त्यस्तै गैंडाहरू पनि निकुञ्जको पूर्वबाट पश्चिमतर्फ स्थानतरण हुँदै गएको पाइएको छ । गैंडाहरु स्थानतरण हुन थालेपछि निकुञ्जले पूर्वतर्फ घाँसे मैदान व्यवस्थापनका बासस्थान विस्तार थर्न थालेको छ ।
त्यस्तै पश्चिममा केन्द्रित गैँडालाई पूर्वी सेक्टरमा आन्तरिक स्थानान्तरणको पनि प्रयास भइरहेको जनाइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा २०७३ सालमा एक गैंडा चोरी शिकारीबाट मारिएको थियो । त्यसपछि मारिएको थिएन ।
केही वर्ष लगातार शून्य चोरी शिकार वर्ष मनाएपनि निकुञ्जमा ४ वटा गैंडा चोरी शिकारीले मारेपछि संरक्षणमा थप चुनौती थपिएको छ ।
प्रतिक्रिया दिनुहोस्