
नवलपुर । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य धनराज गुरुङले राष्ट्रपति राष्ट्रको अभिभावक हुन नसकेको टिप्पणी गर्नुभएको छ ।
कांग्रेसको जिल्ला कार्य समितिले सोमबार कावासोतीमा आयोजना गरेको विरोध कार्यक्रममा नेता गुरुङले राष्ट्रपति देशकै अभिभावक बन्नेर मुलुकलाई सही दिशा देखाउनुपर्नेमा त्यस्तो हुन नसकेको बताउनुभयो ।
राजतन्त्र फालेर जनताकै छोरीलाई राष्ट्रपति बनाउँदा पनि राष्ट्रपतिले मुलुक र जनताको हित चिताउन नसकेको नेता गुरुङको आरोप छ । राष्ट्रपति विद्यादेवी भण्डारी तीन करोड जनताको अभिभावक नबनेर केवल प्रधानमन्त्री केपी ओलीको मात्र अभिभावक बनेको गुरुङको भनाइ छ ।
नेता गुरुङले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानको कुनै पनि धारामा नलेखिएको भन्दै अदालतले जनताको पक्षमा फैसला गर्नेमा कांग्रेस ढुक्क रहेको बताउनुभयो । न्यायाधीशहरूले संविधानमा टेकेर निर्णय गर्दा प्रतिनिधिसभा पुनर्स्थापना हुने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्